कार्तिक ४, सोलुखुम्बु । महाकुलुङका १० स्वास्थ्य संस्थालाई प्राइमरी ट्रमा केयर एण्ड बेसिक लाइफ सपोर्ट सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखा र ईको हिमाल नेपालको संयुक्त आयोजनामा जिल्लामै पहिलो पटक यस्तो सम्बन्धी तालिमको महाकुलुङ गाउँपालिकामा आयोजना भएको हो । महाकुलुङ गाउँपालिकामा सञ्चालन भइरहेको तालिमबाट महाकुलुङ प्राथमिक अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य सेवा इकाइका स्वास्थ्यकर्मी र प्रहरी प्रशासनका जनशक्ति लाभान्वित भएका छन् । तालिममा जम्मा २८ जना सहभागी भएका थिए ।
तालिमको समापनमा महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षता तथा प्रादेशिक तालिम केन्द्र धनकुटाका निर्देशक बृज कुमार यादवको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा महाकुलुङ गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद आचार्य, १ नं वडा अध्यक्ष पर्खी धन राई, ५ नं वडा अध्यक्ष महल सिं. कुलुङ लगायतका उपस्थिति रहेको थियो । ३ दिने तालिमको सहजकर्ताको रुपमा प्रादेशिक अस्पतालबाट डाक्टर तेजश शाही, अर्जुन चौधरी र खडानन्द रेग्मी रहनुभएको थियो । तालिम अवधिमा इको हिमाल, नेपालको सञ्चार तथा प्रशासन प्रमुख केशव राज भुसाल, प्रदेश तालिम केन्द्रबाट जनस्वास्थ्य अधिकृत सन्जिब कुमार मेहता, स्वास्थ्य कार्यालयबाट अशोक सिवाकोटी लगायतको उपस्थित रहेको थियो ।
Discussion about this post