कार्तिक ४, सोलुखुम्बु । सोलुखुम्बुका डाक्टर मिङमार शेर्पालाई त्रिभुवन विश्वविद्यालयले अनुसन्धानका लागी डोको छ । अमेरिकामा रहेर पोषण स्वास्थ्यको क्षेत्रमा अनुसन्धान गरिरहेका शेर्पाको अनुसन्धानलाई हेरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रसायन शास्त्रले उनलाई डाकेको हो ।
त्रिभुवन विश्वविद्यालयको रसायन शास्त्र केन्द्रिय विभागले शेर्पाको अनुसन्धान पोषण स्तर र रोगबीचको सम्बन्धमा केन्द्रित रहेकाले त्यसले नेपालमा विद्यमान पोषण समस्याको समाधानमा सहयोग गर्ने भएकाले उहाँलाई अनुसन्धानका लागी बोलाएको त्रिवि रसायन विभागले जनाएको छ ।
नेपालमा पोषण सम्बन्धी रोगको रोकथाम र यससँग सम्बन्धित स्वास्थ्य समस्या निराकरणमा अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने भएकाले शेर्पालाई आमन्त्रण गरिएको जनाइएको छ । नेपालको ग्रामीण क्षेत्रमा पोषणसँग सम्बन्धित स्वास्थ्य समस्या समाधान गर्न उनको अनुसन्धानले सहयोग गर्ने त्रिविले विश्वास राखेको जनाएको छ ।
Discussion about this post