कार्तिक ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । आइतबारबाट गाउँपालिकाको वडा नम्बर ३ मा गाउँपालिका उपाध्यक्ष विना राईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको सुरुवात भएको हो । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोग तथा नेचासल्यान ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न ४ विधाका ३० टिमले प्रतिष्पर्धा गरिरहेका छन् ।
राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मूल नाराका साथ सुरुभएको प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष विना राईले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष राईले खेलकुद क्षेत्रको विकास प्राथमिकतामा राखेको भन्दै युवाहरूको एकतामा जोड दिनुभयो । गाउँ पालिकाले युवाहरूको दक्षता अभिवृद्धि गरि पालिकाको बृहत्तर विकास गर्न चाहेको बताउनु भएको छ । वहाँले आफू युवाहरूको प्रतिनिधित्व गरेर नै पालिकाको नेतृत्वमा पुगेको भन्दै युवा मैत्री कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
आजबाट सुरु भएको प्रतियोगितामा प्रथम हुने खुल्ला पुरुष डबल प्रतियोगिता र नेचासल्यान सिनियर तर्फ प्रथम, द्वितीया, तृतीय, सान्त्वना हुने टिमले क्रमशः १५ हजार, १० हजार र समान ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै खुल्ला महिला डबल तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः १३ हजार, ६ हजार र समान ४ हजार प्राप्त गर्ने छन् भने नेचासल्यान जुनियर डबल तर्फका खेलाडीले ८ हजार, ६ हजार र समान ३ हजारको साथमा सबै विधाका विजेताले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । आज सम्पन्न उद्घाटन कार्यक्रममा आयोजक नेचासल्यान ब्याडमिन्टन सङ्घका अध्यक्ष विक्रम राईको अध्यक्षता थियो भने वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराई लगायत खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post