कार्तिक ५, सोलुखुम्बु । फोक्सो सम्बन्धी समस्या र निमोनिया भएर जिल्ला अस्पताल फाप्लुमा उपचाररत शेर्पालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी जवानले रक्तदान गरेका छन् । अस्पतालमा उपचार गराइरहेका सेरक शेर्पालाई आवश्यक बि पोजेटिभ रगत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी जवान जिवराज भण्डारीले उपलब्ध गराएका हुन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीका शेर्पा बिरामी भएर उपचार गर्ने क्रममा रगत आवश्यक परेको जानकारी पाएपछि रक्त समूह मेल खाने प्रहरी जवान भण्डारीले अस्पतालमै पुगेर रक्तदान गरेका थिए ।
Discussion about this post