कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोग तथा नेचासल्यान ब्याडमिन्टन सङ्घको आयोजनामा सञ्चालित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गत ४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल मङ्गलबार भएको हो । ४ वटा विधामा सम्पन्न प्रतियोगितामा खुल्ला पुरुष डबल तर्फको उपाधि सुजन राई र सुदन राईको टिमले हात पारेका छन् भने द्वितीय र तृतीय स्थान क्रमशः सुवास थापा र सन्दिप राई, नरेश तामाङ बसन्त राई, रोहन राई र रमेश राईले हात पारेका छन् ।
यस्तै महिला डबल तर्फको प्रथम उपाधि मनिका राई र नेल्सन किरातीको टिमले हात पारेका छन् भने द्वितीय, तृतीय स्थान क्रमशः पुजा मगर र माया राई, सन माया राई र राम कुमारी राई र दिक्षा राई सन कुमारी राईको टिमले हात पारेका छन् । यस्तै पालिका स्तरीय ए लेबल पुरुष डबल तर्फको प्रथम स्थान सुजन राई र सुमन कटवालले हात पारेका छन भने द्वितीय र तृतीय स्थान क्रमशः सुमन र रोहन राई, सुरेश र गोपाल राई, रमेश राई सुन्दर श्रेष्ठले हात पारेको आयोजकले जनाएको छ । यसैगरी पालिका स्तरीय वि लेभल पुरुष तर्फको उपाधि केदारनाथ बाँस्तोला र गोपाल राईले हात पारेका छन् । यस विधाको द्वितीय र तृतीय स्थान पाण्डव र झलक राई, तेज कुमार र डिल्ली बाँस्तोला, प्रकाश बिक र यनश लाईको टिमले हात पारेका छन् ।
प्रतियोगितामा प्रथम हुने खुल्ला पुरुष डबल प्रतियोगिता र नेचासल्यान सिनियर तर्फ प्रथम, द्वितीया, तृतीय, सान्त्वना हुने टिमले क्रमशः १५ हजार, १० हजार र समान ५ हजार प्राप्त गरेका छन् ।
यस्तै खुल्ला महिला डबल तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः १३ हजार, ६ हजार र समान ४ हजार प्राप्त गर्ने छन् भने नेचासल्यान जुनियर डबल तर्फका खेलाडीले ८ हजार, ६ हजार र समान ३ हजारको साथमा सबै विधाका विजेताले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेकाे आयोजकले जनाएको छ ।
Discussion about this post