कार्तिक ६, सोलुखुम्बु । नेपाली काङ्ग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा सोलुखुम्बुबाट रिना उप्रेती केसी मनोनित हुनुभएको छ । प्रतिष्ठानका प्रमुख पूर्ण बहादुर खड्काले सोमबार केसी सहित १८ जनालाई प्रतिष्ठानको सदस्यमा मनोनित गर्नुभएको हो । नेपाली काङ्ग्रेसको विधान २०१७ को धारा ३६- १ -ग बमोजिम विभिन्न जिल्लाका १८ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरिएको काङ्ग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जनाउनुभयो ।
Discussion about this post