कार्तिक ७, सोलुखुम्बु । गत असोज १० देखी १२ सम्मको वर्षातले क्षतविक्षत बनाएको विपी राजमार्ग यतिखेर एकतर्फी सञ्चालनमा आएको छ । तर राजमार्ग हुँदै यात्रागर्ने यात्रुहरूलाई सजिलो भने छैन । २ देखी ३ घण्टाको जाम छिचोलेर पार गर्नुपर्ने झण्डै १५ किलोमिटर बाटो सास्तीयुक्त र समस्याग्रस्त हुने गरेको छ ।
असोज १० गते अगाडि काठमाण्डौबाट विहान ५ बजे हिँडेका सवारी हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम दिउँसो १ बजेनै आइपुग्ने गरेका थिए । तर अहिले सोही बाटो हुँदै यात्रा गर्ने सवारी साधनहरू साढे ३ बजे अगाढी सोलुखुम्बु आइपुग्न सक्दैनन् । सडकमा सवारीहरुको चाँप र एकतर्फी मात्रै सडक सञ्चालन हुँदा जिल्ला लागी छुटेका गाडीहरूको समय २ देखी करिव ३ घण्टानै लम्बिने गरेको छ । वैकल्पिक मार्गका रुपमा प्रयोग भएको यसअघिको सोलुखुम्बु, चरिकोट काठमाण्डौ सडक यात्रा २४ घण्टा लगाएर यात्रा पार्नुपथ्र्यो भने अहिले विपी राजमार्ग सञ्चालनमा आएर समय बचावट भएको छ, तर समस्या उस्तै छ ।
वैकल्पिक मार्गबाट जाममा नपर्ने सरासर आउन सकिने थियो अहिले बिपि राजमार्गको जाम र जोखिमयुक्त यात्राले समस्या भएको चालक पुरुषोत्तम पराजुली बताउँछन् । तत्कालै सडक बन्ने अवस्था नदेखाएकाले केही वर्ष सम्म यात्रा दुखद र कष्टप्रद हुने यात्रु र चालकहरुको अनुमान छ ।
Discussion about this post