कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर गान्धि माया तामाङले संयुक्त रुपमा बन्ने वडा भवनको शिलान्यास गरेका हुन् ।
मेयर शेर्पाले आफु नगरपालिकामा निर्वाचित भएपछि विभिन्न बाधाहरु पन्छाएर विकासका कामलाई अघि बढाएको बताउनुभयो । एक करोड १४ लाख ३० हजार रुपैँयाको लागतमा बन्ने भवन निर्माणको जिम्मा ग्रिनतारा टोल कन्ट्रक्सन कम्पनीले पाएको छ ।
शलान्यास कार्यक्रममा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडा नं १० अध्यक्ष होम बहादुर मगर, वडा स्तरीय विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्यको उपस्तिथी रहेको थियो ।
Discussion about this post