कार्तिक ८, सोलुखुम्बु । जुवातास खेल्दै गरेको अवस्थामा रामेछाप दोरम्बाका श्रेष्ठ सहित १२ जना पक्राउ पक्राउ परेका छन् । ललितपुरबाट ७ लाखसहित रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठसहित १२ जना पक्राउ परेका हुन् ।
महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार राति पक्राउ गरेको थियो ।
Discussion about this post