बैशाख २८, साेलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा तृतीय राष्ट्रिय विभूति पासाङ लहमु शेर्पा कप आयोजना हुने भएको छ । ग्रिनतारा टोल विकास संस्था, खुम्बु पासाङ ल्हामु गाउँपालिकाको आयोजना तथा खुम्बु पासाङ ल्हामु गाउँपालिका र पासाङ ल्हामु पर्वतारोहण संघको प्रायोजनमा आगामी जेठ २९ देखी ३१ गते सम्म प्रतियोगिताको आयोजना हुन लागेको हो । गाउँपालिकाको वडा नम्बर २ सुर्केमा सोलुखुम्बु जिल्ला व्यापी महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना हुन लागेको आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउनका लागी आयोजकले खेलकुद संस्था एवं खेलाडीहरूलाई आह्वान गर्दै जेठ २८ गते सम्म टि दर्ता गराइसक्नुपर्ने छ । ३ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको महिला पुरुष दुबै तर्फका प्रथम, द्वितीय र तृतीय पुरस्कार राशि क्रमशः १ लाख ३१ रुपैयाँ, ७५ हजार ३१ रुपैयाँ र ५० हजार ३१ रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाण पत्र तोकिएको आयोजक संस्था ग्रिनतारा टोल विकास संस्थाका अध्यक्ष ङवाङ् जिम्बा शेर्पाले बताउनुभएको छ । यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार ३१ रुपैयाँ र उत्कृष्ट स्पाइकर, सेटर र डिफेन्डरलाई ट्रफी मेडल र प्रमाणपत्रको साथ सम्मानित गरिने पनि उहाँले बताउनुभयो ।
Discussion about this post