कार्तिक ८, सोलुखुुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा खानेपानी आयोजना सर्भेको काम सुरु गरिएको छ । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको पहलमा बिहिबारबाट सर्भेको काम सुरु गरिएको हो ।
सोताङ गाउँपालिकाको खानेपानी आयोजनालाई अर्थ मन्त्रालयबाट बहुबर्षीय आयोजनामा पारि १ करोड बजेट स्वीकृत भएको छ, भने सोताङ गाउँपालिकाले खानेपानीको लागि २ करोड बजेट बिनियोजन गरेको छ ।
सोताङ गाउँपालिका भित्रका लिन्जिखर्क, चिस्यानी सिगाने,चेपेल कुम्रु लुछ्ने प्रमुख मुहानहरु र प्रयोग भइरहेका विभिन्न साना मुहानहरुबाट लिफ्टिङ मार्फत प्रयोग गरि खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गर्न गाउँपालिका अध्यक्ष खिलराज बस्नेत लामो समय देखी लागि पर्नुभएको थियो ।
निरन्तर र अथक प्रयासले सोताङ गाउँपालिकाको खानेपानी आयोजना केन्द्रीय खानेपानी आयोजना अन्तर्गत पार्न सफल भई काम सुरु गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष बस्नेत र सिभिल टेक कन्सल्टेन्सीसँग छलफल र अनुरोध पश्चात प्राविधिकहरु खटाइएको छ ।
Discussion about this post