कार्तिक ९, सोलुखुम्बु । ओखलढुंगाको सिद्विचरण नगरपालिकाका वडा नं ३ अधेरीमा मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको छ । शुक्रबार सिद्विचरण नगरपालिकाका मेयर तेजन खनाल, महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङ, अधिवक्ता बोधनारायण कटवाल र साहस नेपालका कर्मचारीको उपस्थितिमा सहयोग गरिएको हो ।
बाल्यवस्थाबाटै मानसिक समस्या भएका भलमान राईका परिवारलाई खाद्यन्न लागयत लत्ताकपडा वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङले बताउनुभयो । उहाँका अनुसार केहि बर्ष अघि आमा बेपत्ता र बुबा करणीको अभियोगमा जेलमा रहेका छन, भने चार जना छोराछोरी नै मानसिक स्वास्थ्य समस्यका रहेको बुझिएको छ ।
उनीहरुको विचल्ली भएपछि काका डिल्ली राईले आश्रय दिदैँ आउनुभएको छ । विगत केहि समय देखि उनीहरुलाई नगरपालिकाले आवश्यक खाद्ययन्न लगायतका सामाग्रीहरु उपलब्ध गराउदै आइरहेको जनाइएको छ ।
Discussion about this post