कार्तिक ९, सोलुखुम्बु । ब्राईट भिजन फाउण्डेशनले निःशुल्क रुपमा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । शुक्रबार एक छलफलका बिच काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
ब्राईट भिजन फाउण्डेशनका अध्यक्ष गेल्बु शेर्पाका अनुसार सोलुखुम्बु, कन्चनपुर र अन्य जिल्लामा शिविर संचालन गरिने भएको हो । स्वास्थ्य सेवाबाट बन्चित भएको नागरिकहरुलाई गुणस्तरीय सेवा दिने उदेश्यले शिविर संचालन गर्ने भएको हो ।
यस संस्थाले उच्च–गुणस्तरको स्वास्थ्य सेवा सुनिश्चित गर्न विभिन्न पहल र परियोजनाहरू सञ्चालन गरिरहेको छ । जस्मा न्यून आय भएका र दुर्गम क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई लाभान्वित हुने गरेका छन् । आज स्वास्थ्य उपकरण वितरण विषयमा प्रारम्भिक छलफल गरिएको जनाईएको छ । शिविरबाट हजारौ सेवाग्राहीहरुले सेवा लिन सक्ने फाउण्डेशनले विश्वास लिएको छ ।
Discussion about this post