कार्तिक १०, सोलुखुम्बु । सोलुखुम्बुको सोेलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका पहिरो पिडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गत असोज १०, ११ र १२ गते निरन्तर परेको अविरल बर्षाले आफन्त गुमाएका पिडित परिवारलाई रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।
शनिबार पिडित परिवारको निवासमै पुगेर एक लाख ४६ हजार ४ सय रुपैँया उपलब्ध गराईएको स्थानीय अस्तविर तामाङले जानकारी दिनुभयो । उक्त रकम प्रति परिवार ७३ हजार २ सय रुपैँयाका दरले वितरण गरिएको तामाङको भनाई छ । पहिरोमा परि गोराखानीका २३ वर्षीय ल्हामु शेर्पा, करिब २८ वर्षीय रिना तामाङ र ७ महिनाको फुर्वा लोप्साङ शेर्पाको मृत्यु भएको थियो ।
उक्त घटनामा करिब ६० वर्षीय याङजी शेर्पा गम्भिर घाइते हुनुभएको थियो । दुःखद घटना प्रति दुख व्यक्त गर्दै स्थानीय युवाहरुले देश विदेशबाट रकम संकलन गरि पिडित परिवारको घाउमा मलम लगाइएको बताएका छन् ।
Discussion about this post