कार्तिक १०, सोलुखुम्बु । खोटाङको एसेलुखर्क गाउँपालिकामा वडा स्तरिय खेलकुद प्रतियोगिता सुरु भएको छ । खेलकुद विकास समिति ऐसेलुखर्कको आयोजनामा शनिबारबाट खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । ऐसेलुखर्क गाउँपालकाको खेल मैदानमा गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।
गाउँपालिका स्तरीय खेलाडी छनोट गर्ने उदेश्यले गाउँपालिका अन्तर वडा स्तरीय विभिन्न खेल प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष रजिन राईले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरुष भलिबल तर्फ १५ र महिला तर्फ ६ टिमको सहभागीता रहेको छ ।
महिला र पुरुष भलिबल प्रतियोगिता दुवै तर्फ सम्मान प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : ६० हजार, ४० हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै पुरुष फुटबल तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : ६० हजार, ४० हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।
यस्तै डबल व्याडमिन्टन प्रतियोगिता तर्फ पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगिहरुले क्रमश ः १० हजार, ७ हजार र ४ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
Discussion about this post