कार्तिक ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको हिमाल दर्शन माध्यमिक विद्यालयले स्वर्ण जयन्ती विशेष ५० संकल्प सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौँको सुकेधारामा शुभकामना आदानप्रदान तथा स्वर्ण जयन्ती छलफल कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिले ४० र पूर्व विद्यार्थी समाजले १० संकल्प सार्वजनिक गरेको हो ।
यस्ता छन् विद्यालय व्यवस्थापन समितिको ४० वटा संकल्पहरु :
यि हुुन पूर्व विद्यार्थी समाजको १० संकल्पहरु :
१. भित्तेपात्र है प्रकाशन (सम्पन्न)
२ .कक्षाकोठा एक धारा स्थापना (सम्पन्न)
३.विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण
४. शैक्षिक बहस
५. विद्यालयबाट सेवा निवृत्त शिक्षक–कर्मचारी सम्मान
६. ‘मेरो जन्मदिन, मेरो पुस्तकालय अभियान’को निरन्तरता
७. एक स्वर्ण लोगो अङ्कित एक वक्षाकोठा एक भित्ते घड़ी
८. ‘मैले चाहेको सामुदायिक विद्यालय’ शीर्षकमा खुल्ला निबन्ध प्रतियोगिता
९.खुल्ला एकल गायन प्रतियोगिता
१०. विद्यार्थी लक्षित उद्घोषण तथा भाषणकला तालिम…
“गौरवमय इतिहास र प्र्रतिष्ठित साख सहितको शैक्षिक धरोहर, हाम्रो सान, असल संस्कारयुक्त गुणस्तरीय शिक्षा, स्वर्णिम् हिमाल दर्शन हाम्रो अभियान” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । विद्यालय ५० बर्ष पुगेको अवसरमा आगामी माघमा स्वर्ण जयन्ती मनाउने तयारी छ ।
विद्यालयका संस्थापक पदम बहादुर राईका सुपुत्र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यसमेत रहेका शिक्षाप्रेमी भूपाल किराँतीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यार्थी सहायता कोषका लागि १० हजार भन्दा बढी सहयोग गर्ने दातालाई सम्मान समेत गरिएको छ ।
उक्त कार्यक्रममा विद्यालयका पूर्ब प्रधानाध्यापक हुतराज बस्नेत, नेपाली कांग्रेसका नेताद्वय प्रकाशसिंह कार्की, कर्मा शेर्पा, एमाले नेता महेश किराँती, हिमाल दर्शन पूर्ब विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोला लगायतले शुभकामना साथै आफ्नो धारणा व्यक्त गर्नुभएको छ । स्वर्ण महोत्सव सफलताका लागि आ आफ्नो तवरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
Discussion about this post