कात्तिक १३, सोलुखुम्बु । साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनाेजकुमार घिमिरेले सुशासन र भ्रष्टाचार नियन्त्रण आफ्नाे प्राथमिकता रहेकाे बताउनु भएकाे छ ।
प्रमुख जिल्ला अधिकारीकाे कार्यकाल सम्हालन २ दिन अघि जिल्ला आउनु भएका घिमिरेले पत्रकारहरुसँगकाे भेटघाटमा यस्ताे कुरा बताउनु भएकाे हाे ।
जिल्लामा शुसासन र अमनचयन कायाम गर्न पत्रकारहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे । सरकारी निकायकाे सूचना पारदर्शी बनाउन आफुले जिल्लाका सबै कार्यालयलाइ निर्देशन दिने वहाँकाे भनाइ छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुले सुरक्षा निकायसँगकाे समन्वयमा कुनै कमि नहुनेमा जाेड दिएका छन् । साे क्रममा रेडियाे एभरेस्टका प्रबन्ध निर्देशक भानुभक्त निराैलाले सूचनाकाे हककाे प्रत्याभूति गराउन र भ्रष्टाचार विरुद्धमा संचारमाध्यममा आएका सवालमा प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण हुनु पर्नेमा जाेड दिनुभयाे ।
Discussion about this post