कार्तिक १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाद्वारा महिला समुहलाई कुर्सी तथा टेवल हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को महिला लक्षित वर्गको बजेटबाट वस्तु खरिद गरि हस्तान्तरण गरिएको हो ।
बुधबार गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि पालिका भित्रका १६ वटा आमा समूहलाई कुर्सी र टेवल वितरण गरिएको जनाइएको छ । जस्मा दाछेलु महिला समूह, इन्द्रवति महिला, सृजनशिल महिला समुह, मुनाल दर्शन महिला समूह, श्रीजन्दिप महिला समूह र जाल्पादेवी महिला समूहलाई ३०/३० कुर्सी र ५/५ सेट वितरण गरिएको छ ।
यस्तै दलित उत्थान महिला समूह, इन्द्रकमल दलित महिला समूहलाई २० थान कुर्सी र ३ सेट टेवल, सयपत्रि महिला समुह तथा देविटार महिला समूहलाई ६० थान कुर्सी र १० सेट टेवल वितरण गरिएको कार्यपालिका सदस्य एवंम निवर्तमान प्रवक्ता बलुकुविर नाछिरिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरस्वति आमा समूहलाई १ सय थान कुर्सी र २० सेट टेवल, मखमली महिला समूहलाई ५० थान कुर्सी र ७ सेट टेवल, लिढुगां महिला समूहलाई ४० थान कुर्सी र ५ सेट टेवल, तथा सयपत्रि महिला समुह र सुर्यदय महिला समुहलाई ६० थान कुर्सी र १० सेट टेवल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
समाजमा विवाह, व्रतबन्ध लगायत विभिन्न कार्यमा यी समाग्रीहरुको आवश्यकता देखिएकाले खरिद गरि सम्बन्धित आमा समूहलाई जिम्मा लगाइएको हो ।
Discussion about this post