कार्तिक १४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नं ५ रुपाटार स्थित पञ्चावती आधारभूत विद्यालय रामपुरले शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले बुधबार विभिन्न सांस्कृतिक कार्यक्रम साथै देउसी भैलो कार्यक्रम भव्यताका साथ समापन गरेको हो ।
देउसी भैलो कार्यक्रमले सामाजिक संस्कार र संस्कृतिको जगेर्नाका लागि विद्यार्थीहरुमा सिकाइको रूपमा लागू हुने र बिद्यालय र समूदाय बिच भाईचाराको सम्बन्ध नजिक हुने भएकोले कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक शेरजङ्ग ठकुरीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र आम अभिभावकहरू र पूर्व विद्यार्थीहरू को उपस्थिति रहेको थियो । यस्तै अन्य विद्यालयहरुले पनि भव्यताका साथ देउसी भैलो कार्यक्रम आयोजना गरी मनाइएको छ ।
Discussion about this post