Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपालमै ५००० मिटर उचाइमा पहिलो स्वास्थ्य क्लिनिक स्थापना

पर्यटक, गाइड, र स्थानीय बासिन्दाका लागि जीवनदायिनी सेवा

Radio Everest by Radio Everest
October 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १५, साेलुखुम्बु ।   ५ हजार मिटरको उचाइमा पहिलो स्वास्थ्य क्लिनिक स्थापना भएको छ ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ सारेमा स्वास्थ्य सेवाको अभावलाई चिर्दै, महाकुलुङ गाउँपालिका वडा नं. २, पहिलोपटक स्वास्थ्य क्लिनिक स्थापना भएको हो । यो ऐतिहासिक क्लिनिकले “मेरा क्लिनिक” नामबाट पर्यटक, गाइड, भरिया र स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य सुरु गरेको छ। वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा. मिलन सिंह पाण्डेको नेतृत्वमा सञ्चालित यस संस्थाले महाकुलुङ क्षेत्रका दुर्गम भूगोल र कठोर जीवनयापनलाई सहज बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

कठिन भूगोलमा राहतको किरण

विश्वप्रसिद्ध हिमाली सौन्दर्य र चुनौतीपूर्ण भूगोलको प्रतीक मेरो पिक क्षेत्र, जसको नाम सुन्नासाथ साहसिक पर्यटनका सपना देख्ने थुप्रै देशी तथा विदेशी पर्यटक आकर्षित हुन्छन्। तर, स्वास्थ्य सेवा नहुँदा गम्भीर बिरामीको जोखिमका कारण यहाँ आउने भरिया, गाइड, र पर्यटकलाई असुरक्षा महसुस हुँदै आएको थियो। यस क्लिनिकको स्थापना भएको नजिकको स्वास्थ्य सेवा सुविधा पुग्न चार दिनको लामो पैदल यात्रा गर्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ।

डा. पाण्डे भन्छन्, “हामीले यस क्लिनिकलाई केवल स्वास्थ्य सेवा होइन, जीवन रक्षा गर्न चाहनेहरूको आशा र भरोसाको केन्द्र बनाउने लक्ष्य लिएका छौँ। पर्यटक, स्थानीय श्रमिक र बासिन्दाहरूले झेल्दै आएका कठोर चुनौतीहरूलाई ध्यानमा राख्दै यस क्लिनिकले सबैको सुरक्षाका लागि स्वास्थ्य सेवा पु¥याउने छ।”

सदियौंदेखिको आवश्यकता, जीवन रक्षा अभियानमा परिणत

यस क्लिनिकको स्थापना विशेषगरी भरियाहरू, मजदुर र यहाँ काममा व्यस्त गाइडहरूको स्वास्थ्य सुरक्षाका लागि जीवनदायिनी बन्ने छ। साधारण चिकित्सा परामर्श, आकस्मिक औषधि सेवा, प्रसूति, स्त्रीरोग तथा फोरेन्सिक चिकित्सा जस्ता सेवाहरू प्रदान गर्ने यस क्लिनिकले आवश्यक पर्ने सेवा निःशुल्क उपलब्ध गराइरहेको छ। भरियाहरूका लागि विशेष सुविधा उपलब्ध गराएर उनीहरूको जीवनको सुरक्षामा थप योगदान पु¥याउने लक्ष्य लिएको छ।

यस क्षेत्रमा विगतमा स्वास्थ्य सेवाको अभावका कारण वर्षेनी ५/१० जनाको मृत्यु हुने अवस्था रहेको थियो। मौसम खराब हुँदा हेलिकप्टर उद्धार सम्भव नभएपछि, गम्भीर बिरामीहरूले जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। अब भने क्लिनिकको सेवाबाट यो कठिनाइमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ।

उचाइमा स्वास्थ्य सेवा र सम्भावनाको प्रतीक

५,००० मिटर उचाइमा स्थापित मेरा क्लिनिकले यहाँका सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन समर्पित अटल प्रतिबद्धताको प्रतीक बनेको छ। उचाइको असर, चोटपटक, र आकस्मिक स्वास्थ्य समस्या जस्ता चुनौतीहरूलाई समाधान गर्न सक्षम यो क्लिनिकले महिला स्वास्थ्यको लागि पनि पहिलोपटक सेवा उपलब्ध गराएको छ, जसले महिलाहरूको स्वास्थ्य सुरक्षामा ऐतिहासिक योगदान पु¥याएको छ।

डा. पाण्डे थप्छन्, “हामी सबैलाई, चाहे उनीहरूको आर्थिक स्थिति जस्तो भए पनि, स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य राख्छौँ। यो क्लिनिकले केवल स्वास्थ्य सेवा नभई यहाँको समाजमा सहयोग, आशा र स्वास्थ्यको प्रतिविम्ब बनेर काम गर्नेछ।”

भविष्यको स्वस्थ समाजका लागि एक प्रतीक

मेरा क्लिनिकको यो पहलले अन्य उच्च भूगोलमा स्वास्थ्य सेवा विस्तारका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास गरिएको छ। पर्यटक र स्थानीयहरूलाई सुरक्षित यात्रा र जीवनयापन सुनिश्चित गर्न यो क्लिनिक महत्त्वपूर्ण साबित हुनेछ।

महाकुलुङ गाउँको हृदयमा स्थापना भएको यो क्लिनिक केवल एउटा भवन मात्र होइन; यो यहाँको कठिनाइसँग जुध्ने साहस, स्वास्थ्य सेवाको पहुँच, र भविष्यका निम्ति प्रेरणाको प्रतीक बनिसकेको छ । 

Previous Post

तोकिएन सोलुखुम्बुमा देउसीभैलो खेल्ने समय, अराजक नहुन आग्रह 

Next Post

खुम्बु क्षेत्रमा लडेर घाइते पर्यटकको प्रहरीले ग¥यो उद्धार 

Related Posts

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

Discussion about this post

Everest Highlights

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly