कार्तिक १६, सोलुखुम्बु । भ्रमणका क्रममा लडेर घाइते भएका विदेशी नागरिकलाइ प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको छ । विहीबार लडेर घाइते अवस्थामा रहेको खवर आउनासाथ जापानिज नागरिक मित्सीगु सिसिडोलाई उद्धार गरि अस्पताल पु¥याइएको हो ।
५८ वषिर्य जापानिज नागरिक खुम्बुपासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुमबाला भन्ने स्थानमा लडेर घाइते भएको भन्ने जानकारी पाउनासाथ अस्थाई प्रहरी चौकी दिङबोचेबाट प्रहरी टोली गएर उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले बताउनुभयो ।
बुधबार गाउँपालिकाको छुकुमबाट खुम्बलापास जाने भनी हिँडेका उनि बाटैमा लडी घाइते भएको जनाइएको छ । उनको टाउको, अनुहार, खुट्टा लगायत शरीरको विभिन्न भागको चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागी दिङबोचे क्लिनीकमा उपचार गराई स्थानीय टसिदेले होटलमा राखिएको जनाइएको छ ।
Discussion about this post