कार्तिक १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ को एक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । जुबुको सगरमाथा आधारभूत विद्यालयका ३० विद्यार्थीलाई दाताहरूको सहयोगमा स्कुलका पोशाक तथा अन्य विभिन्न सामाग्री वितरण गरिएको हो । अस्ट्रेलियन र जर्मनीका नागरिकको सहयोगमा स्थानीय यज्ञ बहादुर बनको पहलपछि विद्यालयका विद्यार्थीहरुलाई स्कुलका ड्रेस ट्र्याकसुट, जुत्ता तथा स्कुल व्याग वितरण गरिएको स्थानीय गणेश हिङ्माङले बताउनुभयो । शुक्रबार एक कार्यक्रमकावीच विद्यालय प्राङ्गणमा दाताहरू, विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत, स्थानीय तथा विद्यार्थीहरूको उपस्थितिमा उक्त सामाग्रीहरू वितरण गरिएको हिङ्माङले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई सानो कुराले पनि ठुलो सहयोग हुने भएकाले यस्ता सामाग्रीहरू वितरण गरिएको अभियन्ता बनले बताउनुभयो ।
सोताङको सुस्ला डाँडामा फोरजी टावर संचालनमा
चैत्र २०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ स्थित सुस्ला डाँडामा फोरजी टावर संचालनमा आएको छ । मंगलबार...
Discussion about this post