कार्तिक १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ३ सय १० किलोमिटरको म्याराथन दौड प्रतियोगिता सुरु भएको छ । सोमबारबाट पारा एन्ड मारा, फर नेपाल तथा दाबा छिरिङ शेर्पाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
जिल्लामा खेल क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पारा एन्ड मारा, पर नेपालका अध्यक्ष फुछिरिङ शेर्पाले बताउनुभयो ।
उक्त प्रतियोगिता सोलुखुम्बुको पत्ताले स्थित धापबाट सुरु भई पिके, दुधकुण्ड, फाक्दिङ, थामे, कालापथर, नाम्चे, पैया, टाक्सिन्दु, फाप्लु हुदैँ सल्लेरीमा सम्पन्न गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रतियोगितामा २२ जना विदेशि धावक र ३ जना नेपाली धावकहरुले सहभागीता जनाएका छन् ।
आज बिहान सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । उक्त प्रतियोगिता नोभेम्बर ५ बाट सुरु भई नोभेम्बर २१ मा सम्पन्न हुने आयोजकले जनाएको छ ।
Discussion about this post