कार्तिक १९, सोलुुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यसवर्ष ठूला पर्व दशै र तिहार शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् । हिन्दु धर्मावलम्बीहरूको महान पर्व दसैं र तिहारका समयमा अवाञ्छित क्रियाकलाप नगरी सभ्य र शान्तिपूर्ण ढंगले सम्पन्न भएका हुन् ।
जिल्लामा चाडपर्व तुलनात्मक हिसाबले शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले बताउनुभएको छ ।
यसवर्ष कुनैपनि ठूला आपराधिक घटना हुन नपाएको उहाँको भनाई छ । मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै हुने स्थानलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो ।
विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध हुन नपाएको डिएसपी घिमिरेको भनाई छ । उहाँका अनुसार विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको थियो ।
Discussion about this post