कार्तिक १९, सोलुखुम्बु । धान बाली भित्र्याउने समयमा झरी परेपछि किसान चिन्तित भएका छन् । किसानले पाक्न थालेको धान भित्र्याउन नपाउँदै खेतमै झरीले भिजाएपछि चिन्तित भएका हुन् ।
धेरैजसो किसानको तिहार पछि भित्राउने धान र काटी सकेको धान खेतमै ढलेका छन् । किसान यतिबेला लगातारको झरीले बर्खाभरी गरेको महिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् ।
सोलुखुम्बु, खोटाङ, ओखलढुगां र सिन्धुली लगायत धेरैजसो ठाउँमा मौसम बदली सँगै तीन दिन देखि झरी परे पछि किसानलाई पाकेको बाली कसरी घर सम्म ल्याउने भन्ने चिन्ता थपिएको हो ।
चाडबाडको व्यस्तता सँगै काम गर्न जनशक्तीको अभाव खेपीरहेका किसानलाई धान थन्क्याउने समयमा झरी परेपछि थप समस्यामा परेका हुन् । पानी परे पछि कतिपय किसानलाई काटेको धान खेतमा उम्रने चिन्ता छ भने कतिपयलाई धान कसरी भित्रियाउने भन्ने चिन्ता बढेको छ ।
Discussion about this post