कार्तिक २०, सोलुखुम्बु । तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्ने क्रम बढेको छ ।
सोलुखुम्बुका केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्ष्य राखेका छन् । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङ स्थित जमुना आधारभूत विद्यालयले देउसी भैलो खेलेर १ लाख ७२ हजार ३ सय २० रुपैँया रकम संकलन गरेको छ ।
विद्यालयले निजी शिक्षक कोष स्थापनार्थका लागि देउसी भैलो खेलेर उक्त रकम सङ्कलन गरेका हुन् । ‘हामी गुणस्तरीय शिक्षामा विश्वास गर्छाै’ अभियान अन्तर्गत तिहारका अवसरमा भैलो खेलेर उक्त रकम सङ्कलन भएको प्रधानाध्यापक भरत श्रेष्ठले बताउनुभयो ।
Discussion about this post