कार्तिक २०, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ िदने अभियानको अवसरमा महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आगामी मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिता “मेरो गोल, लैङ्गिक हिंसा विरुद्धको बोल” भन्ने नाराका आयोजना हुन लागेको हो ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार बढी तोकिएको नगरपालिकाले जनाएको छ । यस्तै प्रतियोगितामा दोश्रो हुने टिमले ५५ हजार ५ सय ५५ र तेश्रो हुने टिमले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गने आयोजक नगरपालिकाका लेखा प्रमुख भीम ढकालले बताउनुभयो ।
यस्तै नगरपालिकाले उत्कृष्ट खेलाडीहरूका लागी विधागत पुरस्कारको व्यवस्था गरेको पनि जनाइएको छ । नगरपालिकाले वेस्ट प्लेयर १ जनालाई १ हजार ५ सय ५५, वेस्ट डिफेन्डरलाई १ हजार १ सय ११, वेस्ट मीड प्लेयर, हाई स्कोरर, बेष्ट किपर, वेस्ट कोचलाइ समान १ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । खेलमा टिम दर्ता शुल्क १ हजार ५ सय ५५ रुपैयाँ लाग्न छ र खेल बहिष्कार गरे ५ हजार जरिवाना लाग्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
७ ए साइड मोडलमा खेलाइने खेल हलेसी तुवाचुङ नगरपालिका ७ बसाहथान खेलमैदानमा आयोजना गरिने भएको छ । खेलकुदको माध्यमबाट लैङ्गिक हिंसालाई निर्मूल गर्ने उद्देश्य सहित खेल आयोजना हुन लागेको नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो ।
Discussion about this post