Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशका खोटाङ र ओखलढुंगाका गरी दर्जन सहकारीद्वारा अर्ब बढी अपचलन

Radio Everest by Radio Everest
November 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २२, सोलुखुम्बु । कोशी प्रदेशका खोटाङ र ओखलढुंगाका गरी दर्जन बढी सहकारीहरूले बचतकर्ताको अर्ब बढी रकम अपचलन गरेका छन् । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेशको नियमन क्षेत्रभित्र रहेका ९ वटा सहकारीले ८८ करोड ६० लाख रूपैयाँ अपचलन गरेका छन् भने केही सहकारीहरूले गरेको अपचलनमा अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीकाअनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्र रहेका सहकारीहरूमा अपचलन भएको विषयमा उजुरी आउने, अनुसन्धान गर्ने, मुद्दा दर्ता गर्ने र मिलापत्र गर्ने काम भइरहेको छ । उहाँका अनुसार अहिलेसम्म रजिष्ट्रार कार्यालयले अनुसन्धान गरेर ३ वटा सहकारीको विरुद्धमा अदालतमा मुद्दा दर्ता गरेको छ, ६ वटा सहकारीको अनुसन्धान टुंग्याएको छ भने एउटा सहकारीको मिलापत्र गर्न सफल भएको छ ।

रजिष्ट्रार खत्रीका अनुसार इलामको सानीमाई चिया सहकारीमा ४२ लाख, पाँचथरको दोरम्भा कृषि बजार व्यवस्थापन सहकारीमा २ करोड र ओखलढुंगाको ककनी गैरीबन कृषि सहकारीमा ३ करोड बराबरको बचत अपचलन भएको विषयमा अदालतमा मुद्दा चलिराखेको छ ।

रजिष्ट्रार कार्यालयमा परेका उजुरीका आधारमा अनुसन्धान गर्दा सुनसरीको निर्धन उत्थान बचत तथा ऋण सहकारीमा ५ करोड, इटहरीको अम्बेकोशी बचत तथा ऋण सहकारीमा ६१ करोड र विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीमा ८ करोड बचतकर्ताको बचत अपचलन भएको देखिएको उहाँले बताउनुभएको छ । त्यस्तै, झापाका ३ वटा सहकारीमा बचतकर्ताको बचत अपचलन भएको अनुसन्धानले देखाएको रजिष्ट्रार खत्रीले बताउनुभयो ।

उहाँका अनुसार झापाको जयपुर बहुउद्देश्यीय बुद्धशान्ति सहकारीमा ५ करोड, शुभ साइत बहुद्देश्यीय सहकारीमा ४ करोड र प्रथम पाइला बहुउद्देश्यीय सहकारीमा ६० लाख रुपैयाँ बराबरको बचत अपचलन भएको छ । १८ करोड बचत अपचलन भएको विषयलाई लिएर अदालतमा मुद्दा परेको खोटाङ दिक्तेलको लालुपाते बहुउद्देश्यीय सहकारीको मुद्दालाई रजिष्ट्रार कार्यालयको समन्वयमा १३ करोड १८ करोड फरफारक गरेर मिलापत्र गरिएको समेत उहाँले बताउनुभयो ।

खत्रीकाअनुसार कोशी प्रदेश सरकारको नियामकीय क्षेत्रभित्र १०८३ वटा सहकारी दर्ता भएर सञ्चालन भएको उहाँको भनाई छ । जसमध्ये केही सहकारीहरूमा समस्या भएको विषयमा उजुरी आउने गरिरहेको छ । मोरङको उनगौरी कृषि सहकारी, विराटनगरको सुपर फाइन बचत तथा ऋण सहकारी र उदयपुरको अनुग्रह बचत तथा ऋण सहकारीमा बचत अपचलन भएको विषयमा बचतकर्ताहरूले रजिष्ट्रार कार्यालयमा उजुरी गरेका छन् । ती सहकारीहरूमाथि अनुसन्धान भइरहेको र टुंगोमा पुगिनसकेको रजिष्ट्रार खत्रीले बताउनुभयो ।

Previous Post

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Next Post

खुम्बु भ्रमणका क्रममा बिरामी परेका इन्डोनेसियन नागरिकको प्रहरी द्वारा उद्धार 

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly