कार्तिक २२, सोलुखुम्बु । खुम्बु भ्रमणका क्रममा बिरामी भएका पर्यटकको उद्धार गरी उपचारबा लागी अस्पताल पठाइएको छ । सगमाथा आधारशिविर भ्रमणका क्रममा लेक लागेर बिरामी परेका इन्डोनेसियाका एक पर्यटकलाई उद्धार गरी अस्पताल पु¥याएको प्रहरीले जनाएको हो ।
५८ वर्षिय इरियानस्याह अर्डीलेक लागेर बिरामी भएकामा उनलाई नाम्चे स्थित ओम हङ्गील अस्पतालमा उपचार गराइ थप उपचारका लागी एयर डाइग्नोस्टिक मार्फत खुम्बु पासाङल्हामु गाउँपालिका २ स्थित पासाङ ल्हामु निकोल निक्की अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले बताउनुभयो । ओम हङगील अस्पतालमा उपचार गराइरहेका उनलाई पहरीले हेलिप्याड सम्म ल्याएर थप उपचारका लागी अन्यत्र लगिएको उहाँको भनाई छ ।
Discussion about this post