कार्तिक २२, सोलुखुम्बु । सोलुखुम्बुमा नवजात सिशु र सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माकी सुजना मगरको डेलिभरी पश्चात बच्चामा स्वास प्रस्वासमा समस्या आएपछि उनलाई थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।
गत कार्तिक १७ गते जिल्ला अहस्पताल फाप्लुमा नवजात शिशु (छोरा)लाई जन्म दिएकी सुजनाको छोरामा स्वास प्रस्वासको समस्या देखापरेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागी काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बच्चाको स्वास्थ्यमा समस्या आएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रविण श्रेष्ठको कमान्डमा खटिएकाे प्रहरी टोलीले जिल्ला अस्पताल फाप्लुबाट फाप्लु विमानस्थल सम्म ल्याउन सहजिकरण गरी काठमाण्डौ स्थित कान्तिबाल अस्पताल टिचिङ पठाइएको जिल्ल प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारिका घिमिरेले बताउनुभयो । गत १६ गते जिल्ला अस्पताल फाप्लु पुगेर १७ गते नर्मल डेलिभरीबाट बच्चालाई जन्म दिएकी सुजनाको बच्चामा विहीबार एक्कासि स्वास्थ्यमा समस्या निम्तिएको हो ।
Discussion about this post