कार्तिक २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङ स्थित वोङछु शेर्पा मेमोरियल अस्पतालमा निः शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । सेभेन समिट नेपाल र हिमालयन योक्पु फाउण्डेशनको अयोजनामा कार्तिक २४ र २५ गते दुई दिन नि: शुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा चेकजाचसँगै आवश्यक परेका बिरामीहरुलाई नि : शुल्क औषधी वितरण र मोतिविन्दुको शल्यक्रिया समेत गरिने भएको अस्पतालका प्रमुख डा. ग्याल्छेन गुरुङले जानकारी दिनुभयो । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन सहरबजार धाउनुपर्ने अवस्थाको अन्त्य हुने प्रमुख डाक्टरको विश्वास रहेको छ ।
Discussion about this post