कार्तिक २२, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बिहिवार चोङ्कोम युङ्कुली टोल विकास संस्था मुक्लीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ नेपालीहरुको दोस्रो महान् पर्व शुभदिपावलिको अवसर पारी खुला साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको चोङ्कोम युङ्कुली टोल विकास संस्थाका सचिव पार्वुङ राईले जानकारी दिनुभयो ।
आज उद्घाटन गरिएको भलिबल प्रतियोगितामा २२ टिमको सहभागीता रहेको जनाइएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँको साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् ।
यस्तै उत्कृष्ट उदीयमान खेलाडीलाई एक हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने सचिव राईको भनाई छ । प्रतियोगिता २४ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।
Discussion about this post