कार्तिक २२, सोलुखुम्बु । सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिक १० टाप्टिङमा वडा स्तरीय भलिबल प्रतियोगित सुरु भएको छ । स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नम्बर १० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नुभएको छ ।
खाम्दिङ विद्यालयको प्राङ्गणमा सुरु भएको खेलमा २० टिमको सहभागीता रहेको वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यस्तै, उत्कृष्ट प्रशिक्षकलाई ३ हजार, सार्वोकृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने वडाले जनाएको छ ।
उक्त प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङ,सेभेन समिट फाउण्डेशनका अध्यक्ष एसी शेर्पा, नगर प्रवक्ता एवंम वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा लगायतको उपस्थित रहेको थियो । प्रतियोगिता आउँदो २५ गते सम्म जारी रहने भएको छ ।
Discussion about this post