कार्तिक २२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ वाकुका १ सय ६० जना अभिभावकलाई दैनिक उपभोग्य सामाग्री वितरण गरिएको छ ।
बुधबार ड्रिम एड्भेन्चर ट्रेकका प्रोपाईटर एवं माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम प्रसाद मगरको पहलमा नेपाल उइथाउट लिमिट्स संस्थाको सहयोगमा अभिभावकहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।
जलेश्वरी आधारभूत विद्यालयमा वितरण गरिएको सामग्रीहरुमा झोला, स्याम्फु, साबुन, मन्जन, ब्रस, सेनिटरी प्याड रहेका छन् । यस्तै बालबालिकाहरुका लागि पुस्तक, खेलकुदका सामाग्री वितरण गरिएको संवाददाता देवी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
नेपाल उइथाउट लिमिट्स संस्थाका संस्थापक जोआना स्टाइनेल तथा वडा परिवारलाई विद्यालय परिवारले धन्यवाद समेत व्यक्त गरेका छन् ।
Discussion about this post