कार्तिक २३, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ नम्बर वडा कार्यालयले वडा कार्यालयको आयोजनामा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार वडा भित्रका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई विभिन्न सामाग्री सहित सम्मान गरिएको संवाददाता ठबिन्द्र मगरले जानकारी दिनुभयो । त्रि
युगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राईको उपस्तिथीमा ३३ जना जेष्ठ नागरिक र ७० जना अपांगता भएका व्यक्तिहरुलाई लत्ताकपडा वितरण गरिएको वडा अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिनु भयो ।
विगत बर्षमा पनि लक्षीत वर्ग कार्यक्रम अन्तर्गत वडाले यस किसिमको कार्यक्रम संचालन गरेको र आगामी बर्षलाई समेत निरन्तरता दिने वडा अध्यक्ष चौधरीको भनाई छ ।
Discussion about this post