कार्तिक २६, सोलुखुम्बु । संखुवासभाको चिचिला गाउँपालिका–३ मा एकजनाको हत्या गरेर भिरमा फालेको शव प्रहरीले फेला पारेको छ भने हत्या आरोपमा एकजना पक्राउ परेका छन् । चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
डिएसपी बस्नेतका अनुसार हत्या गरेर फालेको अवस्थामा चिचिला गाउँपालिका–३ स्थित भिरमा शव भेटिएको छ। घटनाको प्रकृति हेर्दा हत्या नै गरेर भिरबाट शव फ्यालिदिएको हुने प्रहरीको भनाइ छ। राईको हत्या कात्तिक १८ गते भाइटीकाकै दिन भएको डिएसपी बस्नेतले बताए। सडेगलेको अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Discussion about this post