कार्तिक २६, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मंगलबार हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । स्थानीय संस्कृति, परम्परा संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गिरेन्द्र बहादुर राईले बताउनुभयो ।
गाउँ कार्यापालिकाको कार्यालय, मातहतका कार्यालय, शैक्षिक संस्थाहरुमा कार्तिक २७ गते सार्वजनिक बिदा दिइएको हो । यस्तै जिल्लाको जनतेढुगां र बराहपोखरी गाउँपालिकाले पनि मंगलबार सार्वजनिक बिदा दिएका छन् ।
हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा मनाईने भएकाले सार्वजनिक बिदा दिईएको पालिकाहरुले जनाएका छन् । जिल्लाका विभिन्न धार्मिक स्थलमा भोली भव्य मेला लाग्ने भएको छ ।
Discussion about this post