कार्तिक २६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यानमा स्थापना हुने बहुप्राविधिक शिक्षालयको निर्माण कार्य गर्नकालागी माटो परीक्षणको काम सुरु भएको छ । सोमबार प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषद को आङ्गीक शिक्षालय गाउँपालिकामा निर्माणकालागी सिटिइभिटीका प्राविधीक विनोद धितालको नेतृत्वको टोलीले पहिलो चरणको माटो परीक्षणको काम सुरु भएको हो ।
गाउँपालिकाको वडा नम्बर ३ कुन्न पोखरीमा स्थापना गरिने शिक्षालयका लागी परिषद्को विज्ञ टोलीबाट माटो परिक्षण सुरु भएको हो । सगरमाथा बहुप्राविधीक शिक्षालय निर्माणको लागी तयारी भइरहेको र तत्कालका लागी डिपिआरको काम अन्तिम चरणमा रहेको जनाइएको छ । गाउँपालिकामा निर्माण हुने उक्त शिक्षालयको संरचना देशकै ५ औ उत्कृष्ठ संरचना निर्माण गर्ने गरी सिटिइभिटीको तयारी भइरहेको जनाइएको छ । तत्कालको लागी सरकारबाट संरचना निर्माणको लागी १ करोड बजेट विनियोजन भएको र चालू आर्थिक वर्ष भित्रै काम सुरु गरी शिक्षा मन्त्रालय र सिटिइभिटी थप बजेट व्यवस्थापन गर्ने युवा नेता भुपेन्द्र कट्टेलले बताउनुभयो ।
उहाँका अनुसार खोटाङ ओखलढुङ्गा र सोलुखुम्बुका विद्यार्थी लक्षित गरि निर्माण हुने शिक्षालय निर्माणका लागी ७५ रोपनी जग्गा स्थानीयहरूबाट निशुल्क प्राप्त भएको छ । देशभर रहेका ६५ ओटा यस्ता आङ्गीक शिक्षालय मध्ये यहाँ स्थापना हुने शिक्षालय पर्ने गाउँपालिकाले जनाएको छ । सोमबार माटो परीक्षणका लागी गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई लगायत पुग्नुभएको सहकर्मी धनकुमार ढुंगेलले बताउनुभयाे ।
Discussion about this post