कार्तिक २९, सोलुखुम्बु । उद्यपुरको ताप्ली गाउँपालिकामा आयोजित खुल्ला वडा स्तरीय भलिबल खेलको उपाधी हलेसी तुवाचुङ नगरपालिका ५ धितुङले हात पारेको छ । रुपाटार युवा समाज ताप्ली–५ द्धारा आयोजित प्रतियोगिताको उपाधी खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ धितुङले हात पारेको हो ।
“ताप्लिको युवा राष्ट्रको गहना, खेलकुदमा बिकास हाम्रो चाहना” भन्ने मुल नाराका साथ गाउँपालिकाको खेल मैदान रुपाटारमा सञ्चालित प्रतियोगितामा भानुगगां युवा क्लव ताप्ली–५ द्वितीय, र आयोजक रुपाटार युवा समाजसमूह “ए“ ले तृतीय स्थान हासिल गरेको छ । खेलमा प्रथम,द्धितिय र तृतिय हुने प्रतियोगिहरुले क्रमशः ५० हजार, ३० हजार, र १५ हजारको साथमा शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको संवाददाता ठविन्द्र मगरले जानकारी दिनुभयो ।
समापन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष ढुङ्गराज बिश्वकर्माले खेलकुद राष्ट्रको एक अभिन्न अङग भएको भन्दै ताप्लिका युवाहरुलाई खेलकुदको क्षेत्रमा बिकास गर्दै लैजान गाउँपालिकाले बजेट व्यवस्थापन गर्नुमा कुनैपनी कन्जुस्याइँ नगरिएको बताउनुभयने । यस्तै उपाध्यक्ष धनामाया मगरले ताप्ली गाउँपालिकाको युवा खेलाडीहरुले स्वदेशमा मात्र नभई अन्तरास्ट्रिय खेलहरुमा समेत कृतिमान राख्दै आएको बताउनुभयो । यस्ता खेलाडीहरुलाई पहिचान गरि स्थानीय तहबाट सम्मान समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्मा, उपाध्यक्ष धनामाया मगर, पूर्व उद्योग, सहकारी मन्त्री कोशी प्रदेश, रामकुमार खत्री लगायत विभिन्न राजनितिक दलका पार्टी प्रतिनिधि, संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
Discussion about this post