कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ स्थित सेतीदेवी आविका २८ जना विद्यार्थीको दन्त परिक्षण गरिएको छ । वडा कार्यालयको आयोजना तथा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको सहकार्यमा उक्त विद्यार्थीहरुको दन्त परिक्षण गरिएको हो ।
बिहिवार विद्यार्थीहरुको दाँत परिक्षण गरिनुका साथै हल्लिएको र किरा लागेको दाँत निकाल्ने डाक्टर अशोक मगरद्वारा निकालिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले बताउनुभयो । यही नयाँ शैक्षिक सत्र २०८१ बाट सुरु गरिएको विद्यालयमा स्वास्थ्य कार्यक्रम विद्यार्थीका लागि प्रभावकारी भएको उहाँको भनाई छ ।
शिक्षा आर्जन गर्नु भन्दा पहिले विद्यार्थीको स्वास्थ्य अवस्था स्वस्थ रहन जरुरी रहेको बताउदै यो कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभएको छ । विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको दुई दुई महिनामा स्वास्थ्य परिक्षण गर्नुका साथै ४÷४ महिनामा दन्त परिक्षण गर्दै आएको बताइएको छ ।
विद्यालयमा सामान्य स्वास्थ्य परिक्षण मात्र नभई उपचार सम्भव नभएका विद्यार्थीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको छ ।
Discussion about this post