कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले २ वटा वडाका २० वटा स्थानमा रेबिज विरुद्धको भ्याक्सिन लगाउने अभियान चलाउने भएको छ । गाउँपालिकामा रेबिज रोगको नियन्त्रण गर्ने उद्देश्य सहित उक्त रोग विरुद्धको निशुल्क खोप लगाउने घुम्ती शिविर सञ्चालन गर्न लागिएको हो ।
गाउँपालिकाले आगामी मंसिर ४, ५ र ६ गते वडा नम्बर १ र २ का विभिन्न २० स्थानमा शिविरको आयोजना गरिने भन्दै ३ महिना देखी माथिका घरपालुवा कुकुर, बिरालोलाई शिविरमा ल्याएर खोप लगाउन आग्रह गरेको छ । गाउँपालिकाले ४ र ५ गते वडा नम्बर १ का १४ ठाउँमा शिविरको आयोजना गर्ने भएको छ । यस्तै ५ र ६ गते वडा नम्बर २ का ६ ठाउँमा शिविर लगेर खोप लगाइने जनाएको हो । रेवीज रोग नियन्त्रण गर्ने उदेस्य सहित यसअघि पनि गाउँपालिकाले सामुदायिक कुकुरलाई बन्ध्याकरण गरेको थियो ।
Discussion about this post