कार्तिक ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको नयाँ संरचना निर्माण गरिने भएको छ । बिधालयको ५० बर्ष पुगेको उपलक्ष्यमा “ ५० बर्ष ५० सङ्कल्प “को अभियान अन्तरगत पुरानो मन्दिर संरचनालाई व्यवस्थित बनाउन नयाँ मन्दिर निर्माण गरिने भएको हो ।
पूर्व विद्यार्थी समाजको १० सङ्कल्प पुरा गर्ने लक्ष्य अनुसार बिधालय परिसरम नयाँ मन्दिर निर्माण गरिने भएको सहकर्मी धनकुमार ढुगेंलले जानकारी दिनुभयो । सरस्वती मन्दिर निर्माणका लागि निर्माणका लागि ५ हजार बढी रकम आर्थिक सहयोग गर्ने सहयोगीहरुको नाम शिलालेखमा उल्लेख गरिने पुर्व विद्यार्थी समाजका अध्यक्ष दिनाराज बास्तोलाले बताउनुभयो ।
उहाँले शिक्षा भन्दा ठुलो कुरा संसारमा अरु केही नभएको बताउँदै कुनै पनि देशको सफलतामा शिक्षाको सबैभन्दा ठुलो भुमिका हुने बताउनुभयो ।
Discussion about this post