मंसिर १, सोलुुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निः शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । रिहेल्प फाउन्डेसन र शान्ति सेवा गृहको सहकार्य आईतवारबाट बासाखालीमा २ दिने स्वास्थ्य शिविरमा सञ्चालन हुन लागेको हो ।
स्वास्थ्य शिविरमा थेरापी, कान, दाँत, आँखा, गाईनोजल लगायत विभिन्न स्वास्थ्य परीक्षण गरिने शिविरका कोडिनेटर पञ्चे राईले जानकारी दिनुभयो । उहाँका अनुसार जर्मनी, इटाली र नेपाली विशेषज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गर्ने भएका छन् ।
Discussion about this post