मंसिर १, सोलुखुम्बु । खोटाङ हलेशी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले नवनिर्मत भदौरे आमा समुह भवनको उद्घाटन गर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको उक्त भवनको शनिबार मेयर राईले उद्घाटन गर्नुभएको हो ।
नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ मा विनियोजित ५ लाख बराबरको लागतमा एक कोठे, एक तले आमा समुह भवनको उद्घाटन गरिएको जनाइएको छ । भवन निर्माण नहुँदा चौतारामा बसेर आमा समुहले बैठक बस्नु परेको भन्दै उनीहरुको सहजताका लागि सुविधा सम्पन्न भवन निमार्ण गरिएको मेयर राईले बताउनुभयो ।
उक्त भवन भित्र करिब ५० देखि ६० जना सम्म बस्ने मिल्ने हलेशी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गन राईले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमा नगरपालिकाका मेयर विमला राई, उपमेयर रमेश राउत, वडा अध्यक्ष, विभिन्न पार्टीका नेता लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post