मंसिर ३, सोलुखुम्बु । रेडियो एभरेष्टका प्रबन्ध निर्देशक तथा विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौला वैवाहिक बन्धनमा बाँधिने हुनुभएको छ । उहाँले सोमबार वैवाहिक जीवनमा बाँधिने निश्चय गर्नुभएको रेडियो एभरेष्टका कोषाध्यक्ष गोमा बस्नेतले बताउनुभयो । उहाँकोको सँग विवाह हुन लागेको भन्ने विषयमा हालसम्म सार्वजनिक गरिएको छैन । यद्यपि निरौलाको विबाह हुने निश्चय भएको पारिवारिक स्राेतले जनाएको छ । वैवाहिक जीवनमा बाधिन लाग्नुभएका निरौलालाई रेडियो एभरेष्ट हार्दिक बधाई एवं शुभकामना शुभकामना व्यक्त गर्दछ । उहाँ निरन्तर १७ वर्षदेखि पत्रकारितामा आबद्ध हुनुहुन्छ ।
Discussion about this post