मंसिर ३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्थित बासाखाली माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ८ सय सेवाग्राहीले उपचार पाएका छन् । रीहेल्प फाउन्डेसन र शान्ति सेवा गृहको समन्वयमा आईतबार र सोमबार आयोजित दुई दिने शिविरमा विद्यार्थी तथा वडाबासीहरुले उपचार सेवा पाएका हुन् ।
शिविरमा दन्त सम्बन्धि सेवा ६ सय जनालाई, फिजियो थेरापी एक सय जनालाई, आँखा चेकचाज सम्बन्धि सेवा ६ सय ५० जनाले लिएको शिविरका कोडिनेटर पञ्चे राईले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पिउने बोतल ४ सय ६४ जनालाई, लिटो ४ सय जानलाई र ब्रस तथा मन्जन स्वास्थ्य सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई वितरण गरिएको जनाईएको छ ।
फिजिसिएन, आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित स्थानीयस्तरमा सेवा पाएपछि यहाँका नागरिक उत्साहित भएका छन् । अस्पताल जान खोज्दा पनि भौगोलिक विकटता, आर्थिक अवस्थालगायत कारणले बञ्चित भएका यहाँका नागरिकका लागि सञ्चालित स्वास्थ्य शिविर बरदान सावित भएको छ ।
लामो समयदेखि स्वास्थ्य सुविधा नपाउँदा रोग पालेर बसेको अवस्थामा अधिकांश स्थानीय भेटिएका शिविरमा सहभागी चिकित्सकहरुले बताएका छन् । जर्मनी, इटाली र नेपाली विशेषज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका छन् ।
Discussion about this post