कार्तिक ४, सोलुखुम्बु । अखिल क्रान्तिकारी सोलुखुम्बुले थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु स्थित जनकल्याण माविमा सन्दीप राईको अध्यक्षतामा ७५ सदस्यीय इकाई कमिटी पुनर्गठन गरिएको छ । मंगलबार अनेरास्ववियु क्रान्तिकारी सोलुखुम्बुले उक्त विद्यालयमा सन्दीप राईको अध्यक्षतमा ७५ सदस्यीय इकाई कमिटी पुनर्गठन गरिएको हो ।
यो सँगै पालिका भित्रका ४ वटा विद्यालयमा इकाई कमिटी पुनर्गठन सम्पन्न गरिएको अनेरास्ववियु क्रान्तिकारी सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार केही समय अगाडी पालिका भित्रका विद्यालयमा ईकाई कमिटी गठन गरिएको तर विद्यार्थीहरु अध्ययनको शिलशिलामा राजधानी केन्द्रित भएकाले पुनर्गठन गरिएको हो ।
अखिल क्रान्तिकारी सोलुखुम्बुका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको ६ वटा विद्यालयमा कमिटी पुनर्गठन गर्न बाँकी रहेको छ । अखिल क्रान्तिकारी सोलुखुम्बुका अध्यक्ष शेर्पाले आफुले जिल्ला अध्यक्षको नेतृत्व गर्दै गर्दा जिल्लामा विद्यार्थीहरुको हक, हित र अधिकार सुनिश्चित गर्नका साथै सिगों जिल्लाको शैक्षिक क्षेत्रमा भएका विकृती विसगंतीको अन्त्यका लागि काम गरिरहेको बताउनुभयो ।
Discussion about this post