Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निर्माण कम्पनीले काम गर्न आलटाल गरेपछि फिल्डमै पुगे मन्त्री

Radio Everest by Radio Everest
November 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ४, सोलुखुम्बु । मंसिर २ गतेदेखि निर्माण सुरु गर्ने प्रतिबद्धता गरेको निर्माण कम्पनीले काम सुरु गर्न आलटाल गरेपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईसहितको टोली मंगलबार धरान १५ निरज बस्ती हुँदै हर्दिया पेलपुल ढाडे कन्यापोखरी सडक निर्माणस्थल पुग्यो । गत कार्तिक १० गते सार्वजनिक सुनुवाइ गर्दा उक्त सडक निर्माणको सम्झौता गरेको निर्माण कम्पनी लुम्बिनी गजुरमुखी जेभीले मंसिर २ गतेदेखि काम सुचारु गर्ने निर्माण हस्ताक्षर गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि सन्तोष गौतमले छठपछि काम सुरु गर्ने र समयमै काम सम्पन्न गर्ने सबैसामू प्रतिबद्धता जनाएका थिए । तर, मंसिर ४ गते हुँदा पनि चित्तबुझ्दो काम नभएको भन्दै स्थानीयले गुनासो गरेपछि मन्त्री राईसहितको टोली मंगलबार आयोजना स्थलमै पुगेको हो । सडक निर्माण सुरु नगरे ठेक्का तोड्ने भन्दै मन्त्री राईले दबाब दिएपछि निर्माण कम्पनीले मंगलबार नै सबबेसको काम सुरु गरेको छ । विभिन्न बहाना गरेपछि मन्त्री राईले निर्माण कम्पनीका प्रतिनिधिलाई बाटो अलपत्र पारेको भन्दै काम नगर्ने भए ठेक्का तोड्ने बताएका थिए ।

मन्त्रीले दबाब दिएपछि निर्माण व्यवसायीले आधा घण्टामा सबै यन्त्रहरु झिकाएर काम सुरु गर्ने बताएका थिए । सोही अनुसार मंगलबार काम सुरु भएको छ । निर्माण व्यवसायी आफैँले काम नगरी पेटी ठेक्का दिने र त्यो ठेकेदारले पनि समयमै काम नगर्दा उक्त आयोजनाको अवस्था दयनीय बन्दै गएको थियो । पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङको मातहत रहेको १६.८७ किलोमिटर लामो सो सडक निर्माणको लागि २०७६ असोज १५ गते सम्झौता भएको थियो ।

३९ करोड २३ लाख ४१ हजार १६३ रुपैयाँमा भएको ठेक्का सम्झौता अनुसार सडक निर्माण २०७८ असोज १५ गतेसम्ममा सक्नुपर्ने थियो । तर, काम सकिएन । २०८० असार २८ गते पहिलो पटक थप गरियो । उक्त समयावधिमा पनि काम नभएपछि दोस्रो पटक पुनः १ वर्षको म्याद थप गरियो । उक्त अवधिमा पनि काम नगरेपछि प्रदेश सरकारले तेस्रो पटक अन्तिम चेतावनीसहित २०८२ असार मसान्तसम्मको समयमा काम सम्पन्न गर्न समय दिएको थियो ।

Previous Post

अखिल क्रान्तिकारी सोलुखुम्बुले कोशी पारीका ४ विद्यालयमा इकाई कमिटी पुनर्गठन सम्पन्न गर्यो

Next Post

डेङ्गु संक्रमणका कारण पूर्वमन्त्री केसी अस्पताल भर्ना

Related Posts

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
0
पूर्व विद्यार्थी डा. बास्तोलालाई विद्यावारिधि उपाधि हासिल गरेकोमा केदार माविको सम्मान

Discussion about this post

Everest Highlights

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

सोलुखुम्बुबाट संघ सरकारलाई २५ करोडभन्दा बढी राजस्व

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly