भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक
माघ २५, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या गरिएको घटनामा संलग्न दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विक्रम भट्टराईका अनुसार...











































