स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने
कार्तिक २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा विभिन्न सामाजिक, स्वास्थ्य तथा खेलकुद कार्यक्रमहरू आयोजना गरिने भएको छ । कार्यक्रमहरू वडा कार्यालय र सेभेन समिट फाउण्डेशनको संयुक्त आयोजनामा सञ्चालन गरिने वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो । कार्यक्रम अनुसार कार्तिक २६,...










































